रानीको ‘मर्दानी २’ डिसेम्बर १३ मा रिलिज हुने

काठमाडाैँ । बलिउड अभिनेत्री रानी मुख्रजी अभिनित नयाँ सिनेमा ‘मर्दान २’को रिलिज मिति तय भएको छ। सिनेमा यसै वर्षको डिसेम्बर १३ मा रिलिज हुने भएको छ।

सिनेमा ‘मर्दानी’को सिक्वल हो। सिनेमामा रानी प्रहरी अधिकारीको भूमिकामा देखिनेछिन्। सिनेमामा उनले शिवानी शिवाजी राय नामक प्रहरीको भूमिकामा देखिनेछिन्।

बलिउड समीक्षक तरण आदर्शले ट्वीट गर्दै सिनेमाको रिलिज मिति तय भएको बताएका हुन्। गोपी पुथरण सिनेमाका निर्देशक हुन्। गत वर्ष रानी अभिनित ‘हिच्की’ सिनेमा रिलिज भएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री