कालो दिन भन्दै आज पूर्वका नौं जिल्ला बन्दको आह्वान

इलाम ।  राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज  बन्द आह्वान गरेको कारण  पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित  भएका  छन् । बन्दका कारण पूर्वका पाँचथर, ताप्लेजुङ,इलाम, झापा, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा  जिल्लाका  यातायात र बजारका  पसल सञ्चलनमा प्रभाब परेकाे छ ।

राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले  साउन २२ गतेलाई कालो दिन मान्दै आएको छ ।१८३१ साल साउन २२ गते कै दिन लिम्बुवानको तत्कालिन गोर्खासँग भएको नुनपानी सन्धीले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै साउन २२ लाई परिषदले कालो दिनको रुपमा मनाउँदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री