भारतीय पूर्वविदेशमन्त्री स्वराजको निधन

काठमाडौं । भारतका पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । स्वराजको ६७ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ।उनलाई अचानक हृदयघात भएपछि नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो। तर उनलाई बचाउन भने सकेन ।

सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी स्वराजले स्वास्थ्य समस्याकै कारण गएको लोक सभा चुनाव लडेकी थिइनन्।२६ मे, २०१४ देखि पाँच वर्ष उनी भारतको विदेश मन्त्री रहिन्। इन्दिरा गान्धीपछि यो जिम्मेवारी सम्हाल्ने उनी दोस्रो भारतीय महिला हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री