प्रभु बैंकका नयाँ शाखा डोल्पा र तनहुँमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले डोल्पा र तनहुँमा नयाँ शाखा कार्याल संचालनमा ल्याएको छ ।

बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ डोल्पाको शे फोकसुण्डो गाउँपालिका ७ स्थित साल्दाङ्गमा नयाँ शाखा संचालनमा ल्याएको जनाएको छ ।

त्यसैगरी, बैंकले तनहुँको बन्दीपुर गाउँपालिका १ स्थित डुम्रेमा शाखा संचालनमा ल्याएको हो ।

श्रावण २० गतेका दिन एकैसाथ २ वटा नयाँ शाखा कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । यीसँगै बैंकको शाखा संख्या १९३ पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after