काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशको विपन्न वर्गका नागरिकहरुलाई शिक्षा प्रदान गर्न विभिन्न कल्याणकारी गतिविधिहरु आयोजना गर्दै आइरहेको छ । यस प्रयासमा बैंकले हालै शिक्षा क्षेत्रतर्फको संस्थागत सामाजिक उत्तरदायीत्व पहल अन्तर्गत टिच फर नेपाललाई सहयोग निरन्तरता दिदैं चेक हस्तान्तरण गरेको छ ।
टिच फर नेपाल विश्वविद्यालयका उत्कृष्ट स्नातक र अनुभवि युवाहरुको मुभमेन्ट हो जो शिक्षामा भएको असमानतालाई अन्त्य गर्न प्रतिबद्ध रहेका छन् । उनीहरुले विगत २ वर्षदेखि नेपालका सार्वजनिक विद्यालयहरुमा अध्यापन गराइरहेका छन् । एभरेष्ट बैंकले नेपालका सरकारी तथा सार्वजनिक विद्यालयहरुमा शिक्षा, सरसफाई तथा खानेपानीमा सहयोग पुर्याइरहेको छ ।
“सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आइरहेको छ । ईबीएल सदैव सामाजिक जिम्मेवारीमा सक्रिय रहेको छ र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्राहकहरुलाई लाभ हुने विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।
प्रतिकृया दिनुहॊस