दाङमा कटुवा पेस्तोलसहित एक जना पक्राउ

दाङ । दाङमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का ३० वर्षीय शिवबहादुर बिकलाई आज बिहान कटुवा पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

स्थानीय एक होटलमा केही व्यक्तिहरुलाई पेस्तोल देखाउँदै तर्साइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय कमिरेचौरबाट गएको प्रहरीको टोलीले बिकलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक विनोद विक्रम शाहले जानकारी दिए ।

पक्राउ परेका बिकमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री