ताराको ‘मुटु किन’ बजारमा (भिडियाे)

काठमाडौं । गायिका तारा नुमिहाङ्ग राई ‘मुटु किन’ बोलको गीत लिएर सांगीतिक बजारमा भित्रिएकी छिन् । गायिका राईले  संगीतकार हरि लम्सालसँग सहकार्य गरेकी छिन् । उनले सार्वजनिक गरेको गीतमा लम्सालकै संगीत समावेश गरिएको छ ।
गीत पदम साधना कुलुङले लेखेका छन् ।

‘फूल चन्द्रमा’ नामक एल्वममा समावेश उक्त गीतको म्यूजिक भिडियोसमेत सार्वजनिक गरिएको छ । म्यूजिक भिडियो निर्देशन निकेश खडकाले गरेका छन् । भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल अञ्जली अधिकारी फिचर्ड छन् ।

बुद्ध थापाको छायांकन रहेको म्यूजिक भिडियो सम्पादन विकाश धमलाले गरेका हुन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री