उपनिर्वाचन मंसिर १४ गते, ५० पदका लागि मतदान हुने

काठमाडौं । निर्वाचन आयोगले संघीय संसदको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका पदमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। बिहीबार सर्वदलीय बैठक बोलाएर छलफल गरेको आयोगले शुक्रबार मंसिर १४ गतेका लागि उपनिर्वाचनको मिति तोकेको हो।

आगामी मंसिर १४ गते शनिबार उपनिर्वाचन गर्ने मिति तय गरेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए। स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्यको रिक्त पदमा उपनिर्वाचन हुनेछ।

तीनै तहमा गरी ३७  जिल्लामा ५० पदका लागि उपनिर्वाचन गरिने प्रवक्ता खरेलले बताए। मिति तोकिएसँगै आयोगले अब तीव्र गतिमा उपनिर्वाचनको तयारी थाल्ने जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा

काठमाडौं । सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटी बापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

प्रतिकृया दिनुहॊस