निर्वाचन विथोल्न खोज्नेहरुमाथि गोली हान्ने सम्मको अधिकार

काठमाडौं । रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन विथोल्न खोज्नेहरुमाथि गोली हान्ने अधिकार नेपाली सेनालाई दिइएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले  आयोजना गरेको विशेष साक्षात्कारमा   रक्षामन्त्री प्रधानले भने,  “निर्वाचन विथोल्न खोज्ने उच्छृंखल तत्वहरुलाई निस्तेज पार्न नेपाली सेनालाई हामीले आवश्यक निर्देशन दिएका छौं । सेनालाई गोली हान्नेसम्मको अधिकार दिइएको छ ।” भन्दै उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाताहरुको भरपर्दो सुरक्षा प्रबन्ध गरेकोले ढुक्क भएर मतदान गर्न आग्रह गरे ।

अहिलेसम्म निर्वाचन विरोधी गतिविधि गर्ने ६ सय भन्दा बढिलाई पक्राउ गरिएको र मुद्दा चलाइएको उनले बताए । भोलि हुने निर्वाचनमा ३८ हजार नेपाली सेना परिचालन हुने समेत मन्त्री प्रधानले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री