काठमाडौं । सञ्चारखबर अनलाइनका सम्पादक एवं युट्युव च्यानल युथ अरोमाका सञ्चालक प्रकाशचन्द्र दाहाललाई बागबजारस्थित कार्यालयमा पुगेका ४–५ जना समूहमा आएको ग्रुपले कुटपिट गरेको हो ।
ग्रुपमा आएको समूहले पत्रकार दाहाललाई ‘यही हो’ भन्दै कुटपिट गरी भागेका हुन् । घाइते पत्रकार दाहालको प्रदर्शनी मार्गस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल प्रेस युनियनका पार्षद समेत रहेका दाहालमाथिको आक्रमणको प्रेस युनियन काठमाडौं शाखाले भत्र्सना गरेको छ । घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न युनियनले माग गरेको छ ।
प्रतिकृया दिनुहॊस