काठमाडौँ । वाणिज्य बैंकका सहायक कम्पनीले ब्रोकरको काम गर्न पाउने भएका छन्। नेपाल स्टक एक्सचेन्जले बैंकका सहायक कम्पनीलाई ब्रोकरको काम गर्न बाटो खोलेको हो।
‘नेपाल स्टक एक्सचेन्ज लिमिटेड वाणिज्य बैकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रका लागि सिफारिस कार्यविधि,२०७६’लागु गर्दै बैकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स खुला गरेको विज्ञप्तिमार्फत जनाएको छ। यो कार्यविधि बिहिबारबाटै कार्यान्वयनमा आएको छ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार हाल काम गरिरहेका ब्रोकर कम्पनीले प्राप्त गरिरहेको सुविधा सरहनै बैकका सहायक कम्पनीले पाउने गरी कार्यविधि तयार गरिएको छ ।
ब्रोकरको काम गर्न बैकको सहायक कम्पनी हुनु पर्नेछ । कम्पनीको चुक्ता पूँजी दुई करोड रुपैयाँ र नेपाल राष्ट्र बैकबाट अनुमति लिनु पर्ने प्रावधान छ। बैकका सहायक कम्पनीले उपत्यका भित्र वा बाहिर जुनसुकै ठाउँमा कार्यालय खोल्न सक्ने गरी कार्यविधिमा व्यवस्था गरिएको साउदले बताए।
प्रतिकृया दिनुहॊस