नेपाल महिला चेम्बर र सनराईज बैंकबीच ब्यापार सम्झौता

काठमाण्डौं । नेपाल महिला चेम्बर र सनराईज बैंक लिमिटेड बीच ब्यापार साझेदारी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  सो सम्झौता पत्रमा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ र सनराईज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  जनक शर्मा पौडयालले हस्ताक्षर गरे ।

सम्झौता पत्रमा महिला चेम्बरमा आवद्ध महिला सदस्यहरुलाई बैंकको तर्फबाट कर, लेखा र बित्त सम्बन्धी  परामर्शमुलक विविध कार्यक्रम आयोजना गरि  जानकारी उपलब्ध गराईने उल्लेख  गरिएको छ ।

सो  सम्झौता कार्यक्रममा बोल्ने क्रममा  महिला  चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले  महिला उद्यमीहरुलाई आत्मविश्वास   दिलाउन यस्ता अभिमुखिकरण कार्यक्रमले  निकै योगदान पुर्याउने धारणा राखेकी थिईन ।

महिला उद्यमीहरुले  कर, लेखा र बित्त सम्बन्धी जानकारी सहजै हासिल गर्न सक्ने वातावरण तयार गर्न यो प्रयास  कोशेढुङा बन्ने उनको विश्वास छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री