मोबाइल चार्जमा राखी गेम खेल्दा एक जनाको मृत्यु

काठमाडौं । मोरङ लेटाङ नगरपालिकामा मोबाइलमा गेम खेलिरहेको बेला करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

लेटाङ—३ त्रिशूली चोकका  १५ वर्षीय  शौजन राईको गएराति  मृत्यु भएको हो । मोरङ प्रहरीका अनुसार शौजन साथी सुरज राईको घरमा सुत्न गएका थिए। दुवैजना एउटै खाटमा सुतेका थिए। शौजनलाई चार्ज गरिरहेको मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हाे ।

चार्ज गर्दै मोबाइलमा गेम खेलिरहेका उनलाई एक्‍कासी करेन्ट लागेको साथी सुरज राईले बताएका छन् । करेन्ट लागेका बेला मोबाइल शौजनको हातमै थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री