युएस–बंगला दुर्घटनाका मृतक परिवारद्वारा मुद्दा दायर, २ अर्ब १० करोड क्षतिपूर्ति दाबी

काठमाडौं । युएस–बंगला विमान दुर्घटनाका मृतक परिवारले क्षतिपूर्तिको लागि मुद्दा दायर गरेका छन् ।

सन् २०१८ मार्च १२ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका ७ जना एमबीबीएस विद्यार्थीका हकवाला तथा तिनका बाबुआमाले २ अर्ब १० करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै काठमाडौं जिल्ला अदालतमा

मुद्दा  दायर गरेका छन् ।  उक्त दुर्घटनामा मृत्यु भएका आसना शाक्य, एन्जिला श्रेष्ठ, मिली महर्जन, प्रिन्सी धामी, निगा महर्जन, सञ्जय महर्जन र श्रेया झाका आमाबाबुले मुद्दा दायर गरेका हुन् ।

सो सम्बन्धी जाँचबुझको लागि नेपाल सरकारले पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा आयोग गठन गरेको थियो ।

मन्ट्रियल महासन्धीको धारा १७ को व्यवस्था र वार्सा महासन्धीको धारा २५ को व्यवस्था अनुसार हेलचेक्रेयाइँबाट भएको दुर्घटनामा वायुयान सञ्चालकले असीमित दायित्व वहन गर्नुपर्ने व्यवस्था रहेको छ ।

युएस बंगला एयरलाइन्स ढाकाबाट काठमाडौं आउने क्रममा दुर्घटनामा परेको थियो । त्यसमा सवार ७१ यात्रुमध्ये ५१ जनाको मृत्यु भएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अपरिचित गाडीको ठक्करबाट युवकको मृत्यु

काठमाडौं । सवारी दुर्घटना प्रकरणमा डोटीस्थित केआईसिंह राजमार्ग अवरुद्ध पारिएको छ । अपरिचित गाडीको ठक्करबाट …

प्रतिकृया दिनुहॊस