माछापुच्छ्रे बैंकद्वारा पोखरा र भक्तपुरमा वृक्षारोपण

काठमाडाैं । माछापुच्छ्रे बैंकले पोखरा महानगरपालिका, वडा नं. २१ स्थित दोविल्ला परिसरमा वृक्षारोपण गरेको छ । बैंकको पोखरामा रहेका शाखा कार्यालयहरु तथा पोखरा महानगरपालिका, रघैचौर टोल विकास संस्था सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

बैंकले स्वच्छ वातावरण निमार्णमा सघाउ पुर्याउने उद्धेश्यले पोखरा महानगरपालीकाको सहयोगमा उक्त वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । उक्त अवसरमा करिव ७० भन्दा बढि विरुवाहरु रोपिए ।

त्यसैगरी बैंकले मनोरम नगर समाजको संयुक्त सहकार्यमा भक्तपुरको मनोहरामा मा वृक्षारोपण गरेको छ । भक्तपुरस्थित मनोहरा जग्गा एकीकरण आयोजनाले छुट्याएको मनोरम समाज क्षेत्रको ग्रिनवेल्ट लगायतका स्थानमा वृक्षारोपण कार्यक्रम गरिएको हो।

बारेमा news

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस