लक्ष्मी क्यापिटल र एनएलजी इन्स्योरेन्सबीच सम्झौता

काठमाडाैँ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड लिमिटेडको विद्यमान सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २ सय ५० रुपैयाँको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँको दरले १० कित्ता सेयरको ६ को अनुपातमा ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्न सोमबार सम्झौता गरेको जनाइएको छ ।

सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले हस्ताक्षर गरेको विज्ञप्तिमा जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफद्वारा २ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३ औँ वार्षिक उत्सवको सुखद अवसरमा निःशुल्क …

प्रतिकृया दिनुहॊस