नेवार समुदायले आज गठे मंगल पर्व मनाइँदै

काठमाडौं । गठे मंगल पर्व, राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले आज देशभर मनाउँदै छन् । साउन कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ ।

दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन रहेको छ । आजको दिन दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गरिन्छ ।

त्यसअघि, नेवार समुदायमा टोलवासीलाई छ्वालीको चिराग समात्न लगाई तीनपटक परिक्रमा गराउने परम्परा छ । कतिपय स्थानमा भने विभिन्न ठाउँमा भएका गठेमंगल एकत्रित गरेर जलाउने चलन पनि रहेको छ ।

परापूर्वकालमा नास्तिक व्यक्तिले ‘भगवानको नाम सुन्न नपरोस्’ भनी कानमा घन्टा झुन्ड्याएको र उसको आतंकले धेरैलाई अप्ठ्यारो परेकाले उसको आज दहन गरिएको कथन रहेको छ । ज्यापू समुदायमा धान रोप्ने बेला आमन्त्रण गरिएको शक्ति पन्छाउन यो पर्व मनाउने गरिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सभामुखले बोलाएको बैठकमा संसदीय छानबिन समिति बनाउनेबारे जुटेन सहमति

काठमाडौं । सभामुख देवराज घिमिरेले सिंहदरबारमा राखेको शीर्ष नेताहरूको बैठक विना निष्कर्ष सकिएको छ । …

प्रतिकृया दिनुहॊस