लगानीकर्ताका लागि आयो एनएमबी बैंकको नयाँ फण्ड, लाभांश पनि घोषणा

काठमाडौं । एनएमबी बैंकले संचालनमा ल्याएको ‘एनएमबी म्युचुअल फण्ड’मा लगानी गर्ने इकाई धनीलाई बैंकले लाभांश वितरण गर्ने भएको छ । आइतबार विहान बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७५/७६ को लेखा परीक्षणबाट प्राप्त प्रतिफलको समीक्षा गर्दै बैंकले जारी गरेको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ र एनएमबी हाइब्रिड फण्ड एल–१ को इकाई धनीलाई लाभांश दिने निर्णय गरेको हो ।

राजधानीमा पत्रकार संमेलन गर्दै बैंकले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट कर कट्टा गरि सुलभ इन्भेष्टमेन्ट फण्डका इकाइ धनीलाई १५ प्रतिशत र हाइब्रिड फण्डका इकाई धनीलाई १० प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको छ । फण्ड अन्तर्गत संचालन भएको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डले विगत तीन वर्षदेखि इकाई धनीलाई लगातार नगद लाभांश वितरण गर्दै आएको छ  ।

बैंकले संचालनमा ल्याएको एनएमबी हाइब्रिड फण्ड एल–१ नेप्सेमा सूचीकृत भई कारोबार खुल्दा नेप्से १७५९.७१ विन्दुमा भएको र पछि बजार निरन्तर घट्दा समेत कम्पनीले योजनाको जोखिमलाई व्यवस्थापन गरी लांभाश वितरण गर्न सफल भएको बैंकले जनाएको छ ।

यसै अबसरमा बैंकले ‘एनएमबी ५०’ तेस्रो म्युचअल फण्ड समेत ल्याएको छ । बैंकले ५० वटा योजना समावेश गरी १ करोड २० लाख इकाइ बराबरको म्युचअल फण्ड सार्वजनिक गरेको हो । लगानीकर्ताको लगानीको सुनिश्चित गर्दै अधिकतम लाभांश प्रदान गर्ने गरी एनएमबी ५० म्युचुअल फण्ड ल्याएको बैंकले जनाएको छ । माग अनुसार फण्डलाई १ करोड २० लाखबाट अधिकतम एक करोड ५० लाख सम्म पु¥याइने बैंकका कार्यकारी निर्देशक श्रिजेश घिमिरेले जानकारी दिए ।

यो योजनाको प्राथमिक उद्देश्य नै उच्चतम प्रतिफल हासिल गर्ने रहेको हुँदा एनएबी ५० को अधिकांश लगानी इक्विटीमा रहने सिईओ घिमिरेले बताएका छन् । यस योजनाले नेपाल स्टक एक्सचेन्जमा उत्कृष्ट प्रदर्शन गर्ने ५० वा सो भन्दा कम शेयरहरु आफ्नो पोर्टफवोलियोमा समावेश गर्ने समेत उनको भनाई छ । बैंकले एनएमबी ५० म्युचुल फण्ड भोलि सोमबारदेखि विक्री खुल्ला गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds