ज्यापु दिवस र उधौली पर्व मनाइँदै

काठमाडौं ।  हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदाय योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गर्छन् ।

यसैगरी नेवार समुदायले चामलको पिठोबाट बनाएको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा योमरी पूर्णिमा मनाउँछन् ।

योमरी पुन्हीका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो । यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ । उत्सवमा धानको कोठी, भकारी राखी पूजा गरेर योमरी चढाउने र त्यसलाई प्रसादका रुपमा खाने-खुवाउने चलन छ ।

नयाँ चामलको पिठोभित्र चाकु र तिल हालेर योमरी बनाइन्छ । यसलाई गणेश र कुमारको प्रतीकको रुपमा पनि पूजा गरिन्छ । यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ ।

१४ औं राष्ट्रिय ज्यापू दिवसमा दबूः दाफाखलःको आयोजनामा टेकुबाट भित्री शहर हुँदै बसन्तपुरसम्म धिमेबाजा र बाँसुरी बजाउँदै सांस्कृतिक र्‍यालीसहित सभा गर्ने कार्यक्रम छ । ज्यापू संस्कृति विकास कोष र कुशेश्वर क्षेत्र सम्पदा संरक्षण प्रतिष्ठानले कार्यक्रमको प्रमुख अतिथिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई यही मंसिर १० गते परम्परागत निमन्त्रणा गरिसकेका छन् । सरकारले आज सार्वजनिक विदा दिएको छ ।

०६१ सालमा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको थियो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

३ प्रदेशमा सामान्य बदली, अन्य स्थानमा कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल …

प्रतिकृया दिनुहॊस