सप्तकोसी विकास बैंकको शाखा इटहरी र देवकोटा चोकमा

काठमाडौं ।  सप्तकोसी विकास बैंकले एकैदिन विराटनगरको देवकोटा चोक र इटहरीमा शाखा सञ्चालनमा ल्याएको छ ।

विराटनगर देवकोटा चोकमा सञ्चालनमा ल्याइएको शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शिवाकोटीले बजारमा आएको हल्लाजस्तो राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जबरजस्ती मर्जर गर्न दबाब नदिई नैतिक सल्लाहमात्र दिएको प्रस्ट पारे ।

उनले बैंकिङ सेवा नपुगेका तर सम्भावना भएका ग्रामीण तथा सहरोन्मुख क्षेत्रहरू शाखा कार्यालय विस्तार आवश्यक रहेको उल्लेख गरे ।

बैंकले प्रदेश नम्बर १ का पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङमा शाखा विस्तार गरेको अध्यक्ष तारानाथ निरौलाले जानकारी दिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सानिमा बैंक अब काठमाडौंको थलीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले मंसिर ९ गते, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंक …

प्रतिकृया दिनुहॊस