सानिमा लाईफ इन्स्योरेन्सले ग¥र्यो ३९ लाख ४० हजार रुपैयाँ दाबी भुक्तानी

सानिमा लाईफ इन्स्योरेन्सले बैदेशिक रोजगार बीमा गरेका मध्ये ३ जनाको विदेशमा काममा रहेकै बखत मृत्युवरण गरेका बीमीतको परिवारलाई दाबी भुक्तानी गरेको छ ।

इन्स्योरेन्सले मृतकका आश्रित परिवारलाई ३९ लाख ४० हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

साथै, सानिमा लाइफले बैदेशिक रोजगार बीमा बाहेक १ बीमितको परिवारलाई २ लाख २८ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले विरगंज स्थित मृतक बीमीत बिनादेवी शाहीको परिवारलाई उक्त रकम भुक्तानी गरेको हो ।

बिनादेवी शाहीको हृदयघातका कारण मृत्यु भएको थियो । कम्पनीले बैदेशिक रोजगार बीमा गरेका ३ जना र वैदेशिक रोजगार बीमा बाहेक १ जना बीमितको दाबी रकम भुक्तानी गरेको छ ।

सानिमा लाईफ इन्स्योरेन्सका अनुसार वैदेशिक रोजगार बीमा गरी रोजगारीको सिलसिलामा विदेशिएका मध्ये ३ जना बीमीत आत्महत्याको कारणले मृत्यु हुन पुगेका देखिएको छ ।

कम्पनीको तथ्याङक अनुसार मृत्युवरण गर्ने बीमितहरु मध्येमा महिलाको भन्दा पुरुषको संख्या धेरै देखिएको छ । एक जना महिला बीमितले मृत्युवरण गर्दा ३ जना पुरुष बीमितले मृत्युवरण गरेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds