ललितपुर महानगर कार्यालयपरिसरमा नबिलको एटीएम

काठमाडाैँ । स्थानीय बासिन्दाहरुको सुविधाको लागि नबिल बैंकले ललितपुर महानगरपालिकामा परिसरमा एक एटीएम जडँन गरी सेवा प्रारम्भ गरेको छ। नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त एटीएमको उद्घाटन बुधबार संंयुक्त रुपमा गरेका हुन्।

यससँगै बैंकको एटीएम सञ्जाल काठमाडौं उपत्यकाभित्र ७० वटा र उपत्यकाबाहिर ६८ वटा गरी कुल संख्या १ सय ३८ पुगेको बैंकले जनाएको छ। भिसाकार्ड, माष्टर कार्ड, युनियन पे कार्ड र एससीटी (स्थानीय तथा अन्तर्राष्ट्रिय) कुनै पनि कार्डवाहकहरूले उक्त एटीएमहरुबाट नगद झिक्ने तथा अन्य सुविधाहरु उपभोग गर्न सक्नेछन्।

बैंकका अध्यक्ष पौड्यालले नयाँ एटीएमको उद्घाटन गर्दै ग्राहक सुविधा उपलब्धताको लागि धेरै सेवा केन्द्र विस्तार गर्ने प्रतिबद्धताअनुसार अघि बढिरहेको जानकारी दिए। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नबिल बैंकले  महानगरपालिका परिसरमा जडान गरेको एटीएमले महानगरपालिकका सेवाग्रही तथा कर्मचारीहरुलाई आफ्नो आर्थिक कारोबार गर्न धेरै सहयोग पु¥याउने बताए।

नबिल बैंकले ७९ वटा शाखाहरुबाट देशभर सेवा प्रदान गर्दै आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस