काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीको १४ औं वार्षिक साधारणसभा साउन २८ गते हुने भएको छ । सञ्चालक समितिको बैठकले बिहान ११ बजे केन्द्रीय कार्यालय थापाथलीमा साधारणसभा गर्ने निर्णय गरेको कम्पनीले वताएकाे छ ।
सञ्चालक समितिको बैठकले चुक्ता पूँजी बृद्धि गर्नका लागि ३० प्रतिशतको दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय पनि गरेको छ भने कम्पनीको संस्थापक समूहको सञ्चालकहरुको पदावधी वार्षिक साधारणसभा अघि नै सकिने भएकाले पदावधी थप गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरिने पनि कम्पनीले जानकारी दिएकाे छ ।
साधारण सभा प्रयोजनको लागि साउन १५ गतेदेखि कम्पनीको सेयर दाखिला खारेज बन्द गर्ने निर्णय गरिएको कम्पनी सचिव सुरज राजवाहकले जनाएका छन् ।
प्रतिकृया दिनुहॊस