बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड, एनआईसी एशिया पहिलाे, दोश्रो र तेश्रोमा एनएमबी र सिटिजन्स

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था(आइक्यान) ले यो वर्षको छनौटमा परेका वित्तीय प्रतिवेदन मध्ये ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड एनआईसी एशिया बैंकलाई प्रदान गरेको छ ।

आइक्यानको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले साे अवार्ड प्रदान गरेका हुन् । बाणिज्य बैंकतर्फको प्रथम अवार्ड एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले ग्रहण गरेका छन् ।

त्यस्तै, वित्तीय प्रतिवेदन मध्ये फस्ट रनरअप वा दोश्रो एनएमबी बैंक तथा सेकेन्ड रनरअप अर्थात तेश्रो सिटिजन्स बैंक भएको थियो । बैंकका प्रतिनिधिले अर्थमन्त्रीबाट अवार्ड ग्रहण गरेका हुन् ।

यस्तै, विकास बैंकतर्फको ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए)’ अवार्ड महालक्ष्मी विकास बैंकले पाएकाे छ ।  फस्ट रनरअप फष्ट माइक्रोफाइनान्स भएको छ । उत्पादनमूलक समूहतर्फ बुटवल पावर कम्पनी, सेवामूलकतर्फ र्याडिसन होटल र अन्य समूहतर्फ कर्जा सूचना केन्द्रलाई अवार्ड प्रदान गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री