मेगा  बैंकको ९औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । काठमाडौंको कमलादीस्थित केन्द्रिय कार्यालयमा  मेगा  बैंकको ९औं  वार्षिकोत्सव  सम्पन्न भएको छ । आयोजित वार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले समकालिन बैंकहरुमा मेगा बैंकले अतुलनीय सफलता प्राप्त गर्न सकेकोमा गर्व लागेको बताए।

उक्त  वार्षिकोत्सवलाई सम्बोधन गर्दै मेगा बैंककी सीइओ अनुपमा खुञ्जेलीले भनिन् अत्याधुनिक प्रविधि, नवीनतम योजनाहरुका कारण पनि ग्राहकहरुको विश्वास जित्न सफल भएको मलाई अनुभूति भएको छ ।

सिइओ खुञ्जेलीले ‘एक शाखा, एक छोरी’ छात्रवृत्ति योजनाको घोषणा पनि गरिन ।

मेगा बैंकको गत आर्थिक वर्षमा निक्षेप संकलन रु. १९ अर्ब बढेर करिब रु. ८२ अर्ब पुगेको छ । यसैगरी, कर्जा प्रवाह पनि रु. १५ अर्ब ५० करोड बढेर करिब रु. ७३ अर्ब पुगेको छ । ग्राहक संख्या पनि झण्डै १ लाख ४६ हजार बढेर ६ लाख ४३ हजार पुगेको छ । कर्जाको औसत आकार ३३ लाख र निक्षेपको १ लाख २७ हजार रहेको छ ।

देशभर मेगा बैंकका १०२ वटा शाखा र १९ एक्सटेन्सन काउन्टर छन् । यसैगरी, १०२ वटा एटीएम मेशिन, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय मेगा रेमिट एजेण्टहरुको सञ्जाल फैलिएको छ । मेगा  बैंकको २०६६ साउन ७ गते बैंक स्थापना भएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंक र लेमन ट्री प्रिमियर बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुढानीलकण्ठ, काठमाडौं स्थित लेमन ट्री प्रिमियर बीच सिटिजन्स …

प्रतिकृया दिनुहॊस