ज्वरो आउँदा कसरी गर्ने स्वास्थ्यको हेरचाह ?

काठमाडाैँ । सामान्य भाषामा शरीर सामान्य तापक्रमभन्दा बढी तातो भयो भने ज्वरो आएको भनिन्छ । शरीरको तापक्रम स्थिर हुन्छ । धेरैले ज्वरोलाई सामान्य रूपमा लिन्छन् । आज ज्वरो आयो भने भोलि ठीक होला भनेर स्वास्थ्य चौकी जाँदैनन्, केयर पनि कम गर्छन् । तर, यसो गर्नुहुँदैन । एक्कासि शरीरको तापक्रम बढेर ज्वरो आयो भने गाह्रो महसुस हुन्छ । यो मौसम पनि ज्वरो आउने सिजन हो ।

पानी पर्दै घाम लाग्दै गर्ने मौसममा ज्वरो आउने सम्भावना बढी रहन्छ । मौसम परिवर्तनको कारण हाम्रो शरीरमा रोगका कीटाणुहरू सक्रिय हुन्छन् ।

मौसम परिवर्तन हुने समयमा हाम्रो शरीरमा झाडापखाला, ज्वरो, जन्डिसजस्ता रोगहरू देखापर्छन् । त्यसमा सबैभन्दा बढी मानिसमा ज्वरो आउने गरेको छ ।

खानेकुरामा ब्यालेन्स नमिल्दा, बाहिरको खानेकुरा खाँदा, बजारमा पाइने जंकफुडको अत्यधिक प्रयोगले पनि ज्वरो आउने गरेको छ । सकेसम्म यसलाई कमी गरौँ ।

अहिले आउने ज्वरो सामान्य किसिमको हो । मौसम परिवर्तनका साथै बाहिरी खानेकुराको कारण पनि ज्वरोका बिरामी बढेका हुन् ।

यो मौसममा आउने ज्वरो ५–६ दिनसम्म आउने गर्छ । रुघा लाग्ने, टाउको दुख्ने, शरीर दुख्ने जोर्नीहरू दुख्नेजस्ता समस्या देखापर्छन् ।

गर्मी मौसम सरुवा रोग अत्यधिक मात्रामा लाग्ने मौसम हो । त्यसैले खानपिनमा अत्यन्त ध्यान दिनुपर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डा. नूतन शर्माले छाडिन् नर्भिक, ‘बी एण्ड बी’मा अत्याधुनिक आईभिएफ चलाउने

काठमाडौं । देशकै चर्चित बाँझोपन विज्ञ, टेस्टट्यूब बेबी विशेषज्ञ तथा वरिष्ठ गाइनो ल्याप्रोस्कोपिक सर्जन डा. …

प्रतिकृया दिनुहॊस