रसुवा भन्सारले उठायो लक्ष्यभन्दा बढी राजस्व

रसुवा । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा १ अर्ब ९ करोड ६१ लाख बढी राजस्व उठाएको हो । आर्थिक वर्ष २०७५/७६ मा राखेको लक्ष्यभन्दा ११ दशमलव ५३ प्रतिशत बढी राजस्व असुली गरेको कार्यालयले जनाएको छ ।

९ अर्ब ५० करोड ६२ लाख वार्षिक लक्ष्य राखेको कार्यालयले १० अर्ब ६० करोड २४ लाख रुपैयाँ राजस्व असुल गरेको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए । यो लक्ष्यभन्दा १२ प्रतिशत बढी हो । कार्यालयले निकासी, पैठारी, महसुल, सेवाशुल्क, कृषि सुधार,अन्तःशुल्क भ्याटलगायतका शुल्कबापत भन्सार असुली गर्ने गर्दछ ।

चीन जोड्ने विभिन्न नाकामध्ये रसुवागढी नाका मात्रै सञ्चालनमा रहेकाले यो नाकामा व्यापारिक कारोबार बढेको छ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै जलविद्युत् आयोजना निर्माण, सिन्धुपाल्चोकको तातोपानी नाकामा पुल निर्माण, पोखरा र भैरहवाको विमानस्थल निर्माण, एनसेललगायतका सामग्री आएसँगै राजस्व असुलीमा वृद्धि हुँदै गएको कार्यालयले जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धैरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नबिल

काठमाडौं । आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिर्ने संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल …

प्रतिकृया दिनुहॊस