टिनएजर ग्रीनवुडको गोलमा म्यानचेस्टर युनाइटेडको जित

काठमाडाैँ । प्रि–सिजन अभ्यासको क्रममा सिंगापुरमा रहेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत शनिबार बेलुका भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई पराजित गरेको छ ।

म्यानचेस्टर युनाइटेडले इटालियन सिरी ए फुटबल क्लब इन्टर मिलानलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा किशोर स्ट्राइकर मेसन ग्रीनवुडले दोस्रो हाफमा परेको गोल नै निर्णायक बन्यो । ओल गुनार सोल्सकेएरको टिम युनाइटेडले पहिलो हाफमा पनि राम्रा अवसर सिर्जना गरेको थियो ।

युनाइटेडले प्रिमियर लिगको नयाँ सिजनको सुरुवात आउँदो अगस्ट ११ मा चेल्सीसँगको खेलबाट गर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds