गायक बद्री पंगेनीले दिए ज्यान मार्ने धम्की

काठमाडौं  ।  गायक लोकगायक बद्री पंगेनीविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी परेको छ । काम गरेको पारिश्रमिक माग्दा आफूलाई गायक पंगेनीसहित तीनजनाले ज्यान मार्ने धम्की दिएको भन्दै काठमाडौं सितापाइला निवासी निमा दोर्ची शेर्पाले उजुरी दर्ता गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौमा  पंगेनीसहित उनका साथीहरु विजय सिंह, सुवास अधिकारीविरुद्ध ज्यान मार्ने धम्कीको उजुरी परेको हो ।

काठमाडौँ प्लाजामा सञ्चालन गरेको निरमाया दोहोरी साँझमा काम गरेको रकम माग्न जाँदा ज्यान मार्ने धक्की दिएको भन्दै उनीहरुविरुद्ध उजुरी परेको हो ।

शेर्पाले सञ्चालन गरेको श्रृष्टी फर्निचरबाट झण्डैँ ५५ लाख रुपैयाँ बढीको लागत दोहरी साँझमा नयाँ डेकोरेसन गरेको र काम सम्पन्न गरेको ३ महिनापछि पैसा माग्न जाँदा धम्की दिएको पीडित पक्षको भनाइ छ ।

यसबारेमा  बद्रीले कुनै धारणा सार्वजनिक गरेका छैनन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

२२९ जना प्रहरी सहायक निरीक्षकमा बढुवा, को-को परे ? (सूची)

काठमाडौँ । नेपाल प्रहरीका २२९ जना प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस