सिभिल बैंकले पायो आईएसओ ९००१ः२०१५, बैकिङ व्यवसाय साग जस्तो हुन्न, काफल जस्तो हुन्छ

काठमाडौं । सिभिल बैंक लिमिटेडले आईएसओ ९००१ः२०१५ प्रमाणपत्र पाएको छ । बेलायतको यूनाईटेड रजिष्ट्रार सिस्टमले बैंकको संस्थागत संरचना, कार्यप्रणाली, सेवास्तर, संस्थागत सुशासन लगायतको विधामा ६ महिना लामो अध्ययन र तीन चरणको सुधारपछि आईएसओ ९००१ः२०१५ प्रमाणपत्र दिइएको नेपालका लागि देशीय प्रमुख प्रकाश पौडेलले बताए ।

‘हामीले पहिलो र दोस्रो चरणमा अडिट गरेर सुधारका निश्चित सुझावहरु दियौं । तेस्रो चरणमा अडिट गर्दा बैंकको सस्थागत ग्रोथ राम्रो पायौ । ग्राहकको सन्तुष्टिका लागि बैंकले निरन्तर काम गरेको पायौं । बैंकको व्यवस्थापन संरचना पनि राम्रो पायौं । संस्थाको उदेश्य प्राप्तिको लागि व्यवस्थापन समूहले सक्रियता पूर्वक काम गरिरहेको पायौं’, उनले भने–‘बैंकको लिडरसिप पनि राम्रो छ । बैंकको पोलिसी, गाईडलाईन्स सबै राम्रो पायौ । सबै मापदण्ड पूरा भएपछि यो प्रमाणपत्र दिईएका हौं ।’

आईएसओ ९००१ः२०१५ पाउन बैंकको लागि ठूलो उपलब्धि भएको बैंकका अध्यक्ष इच्छाराज तामाङले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री