काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नबिल ब्यालेन्स फन्ड-२ को बिहीबारदेखि इकाई कारोबार खुला भएको छ । नेप्सेले फन्डको पहिलो कारोबारका लागि प्रतिइकाई १० रुपैयाँमा मूल्य तोकिदिएको छ ।
इकाई कारोबारका लागि ‘एनबीएफ२’ संकेत दिइएको छ । फन्डले बुधबार ११ करोड २० लाख इकाई सूचीकृत गराएको हो ।
नबिल ब्यालेन्सले गत वैशाख ५ देखि जेठ ३ गतेसम्म सर्वसाधारणलाई बिक्री खुला गरेको म्युचुअल फन्ड बुधबार सूचीकृत गराएको हो ।
यस फन्डले कुल १२ करोड इकाई निष्कासन गरेकोमा १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो ।
तपाईंको प्रतिकृया




