यूनाईटेड फाइनान्सको नाफा ७० प्रतिशतले वृद्धि

काठमाडौं । युनाइटेड फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।फाइनान्सले गत आवको चौथो त्रैमासमा १० करोड ९४ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोहि अवधिको तुलनामा फाइनान्सको नाफा  ७० प्रतिशतले नाफा वृद्धि भएको छ । अघिल्लो आवको सोहि अवधिमा फाइनान्सको नाफा ६ करोड ४१ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

फाइनान्सले असार मसान्तसम्ममा निक्षेप ६ अर्ब ५५ करोड, कर्जा सापटी ६ अर्ब ८ करोड र लगानी ४७ करोड रुपैयाँ छ । खराव कर्जा अनुपात शुन्य दशमलव ६५ प्रतिशत छ ।  कर्जा निक्षेप अनुपात ७६ प्रतिशत छ । स्प्रेडदर ४.५९ प्रतिशत रहेको छ । बेसरेट १२.६९ भएकोले यस फाइनान्सबाट कर्जा लिन अझै महँगो पर्ने देखिन्छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको …

प्रतिकृया दिनुहॊस