सस्तियो नेपाल टेलिकमको ल्यान्डलाइन र पोष्टपेड मोवाइल

काठमाडौं । नेपाल टेलिकमको  ल्याण्डलाइन फोन र पोष्टपेड मोवाइल अब सस्तो मूल्यमा पाइने भएको छ ।

आर्थिक विधेयक, २०७६ को दफा १४(१) मा व्यवस्था भए बमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्क वापत ५ सय रुपैंया मात्र लिने व्यवस्था भएपछि नेपाल टेलिकमले उपलब्ध गराउदै आएको स्थानीय टेलिफोन तथा पोष्टपेड मोबाइल पहिले भन्दा कम दरमा उपलब्ध हुने भएको हो ।

यस निणर्य पश्चात अब १ हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९ सय ४५ रुपैयाँमा पोष्टपेड मोबाइल लिन सकिने छ ।

साथै उक्त विधेयकको कार्यान्वयनसँगै स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५ सय ६५ रुपैयाँ कम भएको छ । यो परिमार्जित शुल्क १ श्रावण २०७६ देखि नै लागू भएको टेलिकमले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री