काठमाडौँ । संगम स्वीट्सको नयाँ शाखा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शुरु भएको छ । संगम स्वीट्सका प्रोपाइटर संगम शर्माका अनुसार उपभोक्ताहरुको माग अनुसार नै शाखा विस्तार भएको जनाएका छन् ।
२०५२ सालमा झापाको दमकमा खुलेको संगम स्वीट्सको झापाको बिर्तामोड, मोरङको उर्लाबारी, काठमाण्डुको कालिमाटी, कमलपोखरी र बानेश्वरमा शाखा रहेकाछन् । गुणस्तरीय मिठाइमा संगम स्वीट्सले आफ्नो फरक पहिचान बनाएको छ ।
प्रतिकृया दिनुहॊस