नामी र इन्फो डेभलपर्सबीच सम्झौता

काठमाडौं । जोरपाटीस्थित नामी कलेज र इन्फो डेभलपर प्रा.लि.बीच  सम्झौता भएको छ । नामीमा अध्ययनरत विद्यार्थीको अभ्यासमूलक कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त सम्झौता गरिएको हो । बुधबार नामी कलेजमा आयोजित कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार इन्फो डेभलपर्स प्रालिको सहयोगमा नामी कलेजलाई उत्कृष्ट अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र इन्फो डेभलपर्सका प्रतिनिधिले नामीका विद्यार्थीलाई सूचना प्रविधिसँग सम्बन्धित विषयमा तालिम तथा आवश्यकता अनुसार निरीक्षण सेवा पनि प्रदान गर्नेछन् ।

नामीले बेलायतको नर्थह्याम्पटन विश्वविद्यालयसँगको सम्बन्धनमा एमबीए,  बीएससी इन सफ्टवेयर इन्जिनियरिङ,बीबीए, बीएससी इन कम्प्युटिङ, बीएससी इन कम्प्युटर नेटवर्क इन्जिनियरिङ र बीएससी इन इन्भाइरोन्मेन्टल साइन्स विषयको पढाइ सञ्चालन गरिरहेको छ ।

इन्फो डेभलपर्स सूचना प्रविधिको  क्षेत्रमा क्रियाशील अग्रणि संस्था हो । सूचना प्रविधिसँग सम्बन्धित तालिम तथा जनशक्ति उत्पादनमा यो संस्था १६ वर्षदेखि क्रियाशील छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस