काठमाडौं । प्रेमी भीम मगरको जन्मदिन मनाउन गएकी त्रिपुरेश्वरकी जेनी तामाङ मृत फेला परेकी हुन् । जेनी सोमबार साँझ भीमकाे जन्मदिन मनाउन बालाजु पुगेकी थिइन् ।
जन्मदिन मनाउन जेनी भीमको कोठामा पुग्दा प्रविना नगरकोटी नाम गरेकी किशोरी थिइन् । भीमको कोठामा अर्कै केटीलाई देखेपछि उनीहरुबीच विवाद उत्पन्न भएको थियो ।
विवादपछि जेनी शौचालय गएको र केही बेरसम्म पनि नआएपछि शौचालयमा हेर्दा झुण्डिएको अवस्थामा भेटेको भीमले प्रहरीसँग बयान दिएका छन् । भीम दुई किशोरीसँग प्रेमसम्बन्धमा थिए । भीम र प्रविनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईंको प्रतिकृया




