काठमाडौँ । गुण्डा नाइके निमा भनिने राजेन्द्र लामा पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले काभ्रेको भीमखोरीका स्थायी बासिन्दा राजेन्द्रलाई मंगलबार बिहान पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राजेन्द्रले कोटेशवर क्षेत्रका व्यापारीसँग मासिक रुपमा रकम उठाउने गरेका थिए ।
तपाईंको प्रतिकृया



