एनआइसी क्यापिटलको म्युचुअल फण्ड इकाइ ८ गतेबाट बिक्री सुरु, १० बर्ष अवधि, न्युनतम १०० इकाइ

काठमाडौं। एनआइसी एसिया क्यापिटलले साउन ८ गतेबाट इकाइहरु निष्काशन गर्ने भएको छ। कम्पनीले छिटोमा साउन १२ र ढिलोमा भदौ ५ गतेसम्म इकाइहरु जारी गर्ने छ।

प्रति इकाइ १० रुपैयाँका दरले जारी गर्न लागेको हो। कम्तिमा १०० र बढिमा १ करोड ७५ लाख इकाइका लागि आवेदन दिन सकिने छ। यसलाई एनआइसी एसिया बैंक म्युचुअल फण्ड नाम दिइएको छ।

कम्पनीले १२ करोड ५० लाख इकाइ जारी गर्न  लागेको हो। यसमध्ये १५ प्रतिशत इनआइसी एसिया बैंकलाई, १४ प्रतिशत इकाइ ब्यवस्थापक एनआइसी क्यापिटललाई सुरक्षित गरिएको छ। सर्वसाधारणले १० करोड ६२ लाख ५० हजार इकाइमा दावी गर्न पाउने छन्।

बन्दमूखि इकाइहरुको अवधि १० बर्ष तोकिएको नष्काशन तथा बिक्री प्रबन्धक एनआइसी क्यापिटलले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री