उदयपुरमा पहिरोले पुरिएर ९ वर्षीय बालक बेपत्ता

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका– ७ गुराँसेमा साेमबार राति गएको पहिरोमा एक बालक बेपत्ता भएका छन् ।

राति साढे ९ बजेतिर गएको पहिरोमा स्थानीय अर्जुन तामाङको ९ वर्षीय छोरा बेपत्ता भएका हुन् । पहिरोमा पुरिएर तामाङकी श्रीमती घाइते हुनुभएको छ ।

प्रहरीका अनुसार सोमबार राति साढे ९ बजेतिर आमा–छोरा घर बाहिर निस्किएको बेला झरेको पहिरोमा दुवै जना पुरिएका थिए । बेपत्ता बालकको खोजी कार्य भैरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री