धितोपत्र बोर्डले उत्पादनमूलक कम्पनीलाई सहुलियत ऋण दिने

काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले उत्पादनमूलक कम्पनीलाई सहुलियत दरमा ऋण प्रवाह गराउने भएको छ। बोर्डले उत्पादनमूलक कम्पनीलाई धितोपत्र बजारमा ल्याउन ऋण दिन लागेको हो। सोमबार सार्वजनि गरेको आगामी आर्थिक वर्षको धितोपत्र तथा वस्तु विनियम बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिकगर्दै बोर्डले यस्तो बताएको हो।

यसअघि छुटमार्फत उत्पादनमूलक कम्पनीहरुलाई धितोपत्र बजारमा ल्याउन प्रोत्साहन गरेको बोर्डले अझै प्रोत्साहन गर्न सहुलियत दरमा ऋण प्रवाह गर्ने भएको हो। यस्तै पचास करोड वा सोभन्दा माथिका र एक अर्ब वा सोभन्दा बढी पुँजीमा स्थापित उत्पादनमूलक कम्पनीलाई धितोपत्र बजारमा भित्र्याउन प्रोत्साहन गर्ने बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।

नीति तथा कार्यक्रममा नेप्सेको संस्थागत सुधारको लागि निजी क्षेत्रमा अर्काे स्टक एक्सचेन्ज स्थापना गर्न यसअघिकै व्यवस्थालाई अगाडि बढाउने बोर्डले बताएको छ।

बोर्डले वित्तीय लगानीकर्तालाई आर्कषण गर्न वित्तीय समावेशी नीति कार्यन्वयन गर्ने बताएको छ । यस्तै, बोर्डले हकप्रद शेयर निष्काशनको नीतिमा पनि परिवर्तन गरेको छ। अहिले आफ्नो हक सम्मको शेयरमात्रै खरिद गर्ने व्यवस्थालाई परिवर्तनगर्दै आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने व्यवस्था गरि चाँडै कार्यन्वयमा ल्याउने बताएको छ।

यसअघिकै एक नेपाली एक डिम्याट खाता नीतिलाई थप प्रभावकारी बनाउने बोडको नीति तथा कार्यक्रममा उल्लेख छ । ऋणपत्रको दोस्रो बजारलाई स्वचालित रुपमा शिघ्र संचालन गर्न अब बोर्डले सहजीकरण गर्ने भएको छ।

बोर्डले स्वचालित कारोबारलाई समेत प्रोत्साहन गर्ने भएको छ । ओडिसी कारोबारलाई प्रतिस्पर्धी एवं विश्वसनीय बनाउन बोर्डले कारोबारलाई स्वचालित प्रणालीमा लैजान सहजीकरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिजा गौतमलाई नेपालको पहिलो अफ–रोडर अल–इलेक्ट्रिक एसयुभि जेइको जेसिक्स हस्तान्तरण

काठमाडौँ । नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडले एलिजा गौतमलाई नेपालको …

प्रतिकृया दिनुहॊस