धादिङको मलेखुमा राष्ट्रिय वाणिज्य बैंकद्धारा कारोबार शुभारम्भ

काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो २ सय २२ औं शाखा कार्यल्य स्थापना गरि कारोबार संचालन गरेको छ । बैंकले प्रदेश नम्बर ३, धादिङ जिल्लाको बेनीघाट रोराङ गाउंपालिका वडा न. ३ मलेखुमा शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हो ।

उक्त शाखा कार्यलयलको उदघाटन बैंंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले गरेका हुन् । उनले शाखा विस्तारबाट उद्यमीहरुको वित्तीय पंहुचमा थप सघाउ पुगी रोजगारी श्रृजना समेत हुने बताए ।

बैंकको सातै प्रदेशमा २ सय २२ वटा शाखा कार्यालय, १ सय ७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds