हङकङ, युएई र जोर्डनबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले एकैपटक तीन वटा देशमा ‘मेगा रेमीट’ सेवालाई विस्तार गरेको छ ।

हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो । हङकङबाट नेपालीहरुले अब ई–पे लिमिटेडबाट मेगा रेमीटमार्फत स्वदेशमा रकम पठाउन सक्नेछन् ।

युएईबाट सराफ एक्सचेन्जबाट मेगा रेमीटमा रकम पठाउन सकिने बैंकले जनाएको छ । यसैगरी, जोर्डनको अल अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमीट कारोबारसम्बन्धी सम्झौता भएको छ ।

हङकङको ई–पे लिमिटेड, युएईको सराफ एक्सचेन्ज र जोर्डनको अल अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंक र देशभर छरिएका मेगा बैंकका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने मेगा बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाण्डौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन …

प्रतिकृया दिनुहॊस