च्याउ खाँदा जाजरकोटमा ७ जना बिरामी

जाजरकोट । जाजरकोटमा जंगलबाट ल्याएको च्याउ खाँदा ७ जना विरामी परेका छन् ।  जंगलबाट ल्याएको च्याउ खादा बारेकोट गाउँपालिका १, सिल्पाचौर घर भइ सदरमुकाम खलंगामा डेरागरी बस्दै आएका  शान्त बुढा, रत्न बुढा, ओमप्रकाश बुढा, बिरामी परेका छन्। डम्बर पुन, शान्ति पुन, टकबहादुर पुन र तीलबहादुर थापा रहेका छन्।

उनीहरुको जाजरकोट अस्पतालमा उपचार भइ रहेको अस्पतालका डाक्टर अमिन शाहले बताए । सातै जनाको स्वास्थ्य अबस्था सामान्य रहेको शाहले बताए। बारेकोट घरबाट खलंगा आउँदा फुलचाउँलीको लेकबाट रत्न बुढाले च्याउ टिपेर ल्याएको र शनिबार साझ पकाएर खाएका थिए। खाए लगतै उनीहरुमा बान्ता भएको थियो। जंगलमा जथाभावि उम्रेको च्याउ नखाना डाक्टर शाहले सबैमा अनुरोध गरेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस