महिलाका विषयमा समाचार लेख्दा संवेदनशील हुनुपर्ने

ललितपुर । लैंगिक विभेद हटाउनका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने बिज्ञहरुले वताएका छन् । संचारिका समूह र ओरेक नेपालले बिहीवार ललितपुरमा आयोजना गरेको ‘लैंगिक विभेदमा आधारित हिंसा न्यूनीकरणमा संचार माध्यमको भूमिका’ विषयक कार्यक्रममा लैंगिक हिंसा हटाउन संचार माध्यमको महत्वपूर्ण योगदान हुने वताइएकाे हाे ।

साे कार्यक्रममा संचारिका समूहकी अध्यक्ष नितु पण्डितले महिलाका विषयमा समाचार लेख्दा संवेदनशील हुन अाग्रह गरिन् ।

ओरेक नेपालका कार्यक्रम संयोजक संजिता तिमिल्सिनाले २०७५ पुस १७ गतेदेखि २०७६ असार १७ गतेसम्म देशभर ८ सय १७ लैंगिक हिंसाका घटना भएको बताउदै यो अवधिमा ओरेक नेपालमा ६ सय १७ घटना दर्ता भएको र संचार माध्यममा २ सय ५४ घटनाका समाचार प्रकाशित भएको उनले जानकारी दिइन् ।

तिमिल्सिनाका अनुसार ६ सय १७ मध्ये सबैभन्दा धेरै ४ सय ३३ घरेलु हिंसाका, १ सय २ सामाजिक हिंसा, १ सय ४९ बलात्कार, २८ बलात्कारको प्रयास, ५२ हत्या, ४२ यौन दुव्र्यवहार, ५ हत्या प्रयास, १३ मानव बेचबिखन, ३ बेचबिखनको प्रयास, १८ आत्म हत्या, २६ अन्य घटना घटेका हुन् । साे कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत ३० जना पत्रकारको उपस्थिती रहेको थियो ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस