हिरासतबाटै थुनुवा फरार भएपछि असईसहित तीन प्रहरी निलम्बनमा

काठमाडौं । ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट गएराति तीनजना थुनुवा फरार भएका छन् । प्रहरीका अनुसार शमशेर माझी, रुद्रलाल श्रेष्ठ र रवि कुमार तिमल्सिना हिरासतको ग्रिल तोडेर भागेका हुन् ।

उनीहरु चोरी र लागुऔषध मुद्दामा केही दिनअघि पक्राउ परेका थिए । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख (एसएसपी) रविन्द्र धानुकले थुनुवा फरार भएको पुष्टि गर्दै तीनजना प्रहरी निलम्बनमा परेको बताए । धानुकका अनुसार ड्यिुटीमा रहेका एक असई, एक हवल्दार र एकजना प्रहरी जवानलाई निलम्बन गरिएको छ । घटनाको अनुसन्धान गर्न ललितपुर परिसरकै एसपी दुर्गा सिंहको नेतृत्वमा चार सदस्यीय समिति गठन गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बलात्कार मुद्दामा सिद्धबाबालाई ३० दिनभित्र झिकाउन उच्च अदालतको आदेश

काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरी ‘सिद्धबाबा’ लाई विराटनगर उच्च अदातलले …

प्रतिकृया दिनुहॊस