विम्बल्डन टेनिस : खेलाडी फेडेरर, जोकोविच र नाडाल अन्तिम ८ मा

काठमाडाैँ । टेनिसका तीन ठूला खेलाडी रोजर फेडेरर, नोभाक जोकोविच र राफायल नाडाल विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

स्वीस फेडेरर १७ औँ पटक विम्बल्डनको अन्तिम १६ मा पुगेका हुन् । उनीले इटालियन खेलाडी मातेओ बेरितिनीलाई ६–१, ६–२ र ६–२ को सेटमा पराजित गरेका हुन् ।

यस्तै साविक विजेता सर्बियन जोकोविचले फ्रान्सेली खेलाडी उगो हुबर्टलाई पराजित गरेर अन्तिम ८ मा स्थान बनाएका हुन् । शीर्ष बरियताका जोकोविचले ६६ औँ बरियताका हुबर्टलाई ६–३, ६–२ र ६–३ को सेटमा पराजित गरेका हुन् ।

यस्तै राफायल नाडालले पोर्चुगलका जोआओ सोउसालाई पराजित गरेका छन् । उनले ६–२, ६–२ र ६–२ को जित निकालेका हुन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस