काठमाडौं । निर्जीवन बिमाको क्षेत्रमा उदयमान बिमा कम्पनी अजोड इन्स्योरेन्सले आफ्ना स्थापनाको प्रथम वर्षको अवसरमा विविध कार्यक्रमहरु गरिरहेको छ । यसै अवसर पारेर कम्पनीले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गर्यो, जसमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित ५९ जनाको सहभागीता रहेका थियो ।
कम्पनीले बिमाका फाइदाहरुबारे आम जनताका माझ पुर्याउन सहज होस भनी विभिन्न चेतना मुलक सन्देश भएको प्ले कार्ड व्यानर सहित प्रभात फेरी आयोजना गर्यो । र्याली नगरको मुख्य स्थानहरु सुन्धारा देखि रत्नपार्क, भृकुटी मण्डप, भद्रकाली, सहिदगेट हुँदै सिटिसि मल स्थित संस्थाको प्रधान कार्यालय पुगेको थियो ।

प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीले स्थापनाको छोटो समयमा उल्लेख्य प्रगती गर्न सफल भएकोमा उपस्थित शेयरधनीले व्यवस्थापन प्रति कृतज्ञता व्यक्त गरेका थिए । त्यसैगरी कम्पनीले संस्थागत उत्तरदायीत्व अन्तर्गत आगामी २३ गते सोमबार नैकाप स्थित एक सरकारी विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको उक्त कम्पनी जनाएको छ ।



