सनराइज बैंकको शाखारहित बैंकिङ सेवा तनहुँको सम्जुरमा

काठमाडौं ।  सनराइज बैंकको  शाखा रहित बैंकिङ सेवा तनहुँ जिल्लाको सम्जुरमा  विस्तार भएको छ । आफ्नो ३७औँ शाखारहित बैंकिङ सेवा तनहुँको भानु नगरपालिका वडा नं १३, सम्जुरमा शुरू गरेको हो । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन भानु नगरपालिका वडा नं १३ का अध्यक्ष रामबहादुर बानियाले गरेका हुन् ।

शाखारहित बैंकिङ सेवाको एजेन्टरप्रतिनिधि अजिज मियालाई पोइन्ट अफ सेल मेसिन अध्यक्ष रामबहादुर बानिया र सनराइज बैंकका गण्डकी प्रदेशका प्रमुख रबिन्द्र के।सीले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखा रहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएका छ । हालसम्म बैंकको १ सय १२ वटा शाखा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै …

प्रतिकृया दिनुहॊस