एकै साथ मुक्तिनाथ विकास बैंकको ६ शाखा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकै साथ ६ वटा शाखाको विस्तार गरेको छ । बैंक विस्तार गर्ने क्रममा काठमाडांंै जिल्लाको टोखा तथा कीर्तिपुर, ललितपुर जिल्लाको बाडेगाउँ तथा इमाडोल, गोरखा जिल्लाको गोरखा, गुल्मीजिल्लाको तम्घास गरी आफ्ना छ शाखा कार्यालय विस्तार गरेको हो । टोखा शाखाको उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरेका हुन् ।

किर्तिपुर नगरपालिकामा रहेको बैंकको मेयर रमेश महर्जनले गरे ।त्यसैगरी, बाडेगाउँ शाखाको विस्तारको क्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गरे ।इमाडोल शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले गरेका हुन् । गोरखा शाखाको समुद्घाटन गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले गरेमा ।  साथै, तम्घास शाखाको उद्घाटन रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले गरेको ।

मुक्तिनाथविकास बैंकको ११९ वटा शाखा, २५ वटा एटिएम. र ६ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री