विश्वकप क्रिकेट : भारतले श्रीलंकालाई सात विकेटले पराजित गर्‍यो

एजेन्सी । १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा भारतले श्रीलंकालाई सात विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २६४ रन बनाएको थियो।

एन्जेलो म्याथ्युजले शतक प्रहार गरेपनि श्रीलंकालाई जिताउन सकेनन्। १२८ बलको सामना गरेका उनले १० चौका र दुई छक्काको मद्दतमा ११३ रन जोडेका थिए। यस्तै लाहीरु थिरिमन्नेले ५३, धनन्जय डि शिल्भाले २९, अभिषेक फर्नाण्डोले २०, कुशल परेराले १८ र दिमुथ करुणारत्नेले १० रन जोडेका थिए।

बलिङतर्फ भारतका जसप्रित बुमराहले तीन तथा हार्दीक पाण्ड्या, रविन्द्र जडेजा, भुवनेश्वर कुमार र कुलदीप यादवले एक–एक विकेट लिएका थिए।

२ सय ६५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको भारतले ४३ ओभर तीन बलमा तीन विकेटको क्षतिमा लक्ष्य भेटाएको हो। भारतका लागि ओपनरद्वय रोहित शर्मा र केएल राहुलले शतक प्रहार गरे। राहितले १ सय ३ रन बनाए भने राहुलले १ सय ११ जोडे। यस्तै कप्तान विराट कोहलीले ३४ रन बनाए।

श्रीलंकाका लासिथ मालिंगा, कासुन राजिथा र इसुरु उडानाले एक एक विकेट लिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री